प्रज्जवल थापा । गौतमा बुद्व कपको उपाधी राप्ती टिमले जितेको छ । आज भएको फाइनल खेलमा राप्तीले नारायणीलाई ९ रनले पराजित गरेको हो ।
भरतपुर स्थित निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा १४४ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमात्र बनाउन सक्यो । नारायणीको लागि अरिफ सेखले विष्पोटक ब्याटिङ गर्दै सार्वधिक ४८ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै रित गौतम र इसान पाण्डेले समान २७ रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न नसक्दा नारायणी हार बेहोर्न बाध्य भयो ।
राप्तीको लागि अभिनाश बोहोराले ३ ओभर बलिङ गर्दै २७ रन दिएर ३ विकेट लिए । यस्तै भुवन कार्कीले दुई विकेट लिँदा जितेन्द्र मुखिया र कमल एरीले १-१ विकेट लिए ।
यसअघी टस हारेर ब्याटिङ गर्न उत्रिएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन जोडेको थियो । राप्तीको लागि कुशल भुर्तेलले सार्वधिक ४२ रन जोडे । उनले ३१ बलमा ४ छक्का र २ चौका प्रहार गरे । विनोद भण्डारीले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा २८ रन जोडे । यस्तै सुमित महर्जनले २२ अमित श्रेष्ठले १८ शरद भेष्वाकरले १० रनको योगदान गरे ।
नारायणीको लागि शहाब आलमले ४ ओभरमा १९ रन दिएर ३ विकेट दिए । यस्तै सुशान भारीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा मात्र ४ रन दिएपनि विकेट लिन सकेनन् ।
