प्रज्जवल थापा । साविक विजेता रियल म्याड्रिडले आज एथ्लेटिक क्लबको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति २:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल जित्दै रियल म्याड्रिड विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । रियल म्याड्रिडले यस सिजन आफ्नो फर्मलाई स्थिरता दिन सकेको छैन तर महत्त्वपूर्ण खेलमा भने रियल म्याड्रिड विजयी भएको छ । गत हप्तापनी म्याड्रिड गर यार मरको स्थितिमा बोरुसिया मोन्चेनग्लाडबाकलाई हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको हो । हाल रियल म्याड्रिड शिर्ष स्थानमा रहेको रियल सोसिडाड भन्दा मात्र ३ अङ्कले पछि छ ।
यता एथ्लेटिको बिल्बाबो भने लिगको १२ औँ स्थानमा छ । बिल्बाबोले लिगको १२ खेलमा मात्र ४ खेलमा जित निकाल्न सकेको छ । बिल्बाबोले लिगको पछिल्लो ५ खेलमा मात्र १ खेलमा विजयी भएको थियो ।
आजको खेलमा पनि रियल म्याड्रिड मार्टिन ओडिगार्ड, इडेन हजार्ड, जोभिक, मारियानो बिना मैदान उत्रिनेछ भने मिडफिल्डर केसिमिरोले पनि पहेँलो कार्डको कारण आजको खेल गुमाउने छन् । उनको स्थानमा भालभार्डेले शुरुवात गर्नेछन् भने बाँकी एथ्लेटिको म्याड्रिड विरुद्ध खेलेका खेलाडीले शुरुवात गर्ने सम्भावना छ ।
दुई टोलीबिच भएको पछिल्लो २० खेलमा १४ खेल रियल म्याड्रिडले जितेको छ भने एक खेल एथ्लेटिकले आफ्नो पोल्टामा पारेको छ । ५ खेल बराबरीमा सकिएको थियो ।
