प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । यसपटकको प्रि-क्वाटरफाइनलमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को समाना गर्नेछ ।
प्रि-क्वाटर फाइनलको ड्र यसप्रकारको छ :–
बोरुसिया मोन्चेनग्लाडबाक विरुद्ध म्यान्चेस्टर सिटी
जर्मन टोली मोन्चेनग्लाडबाकको यो प्रतियोगिताको पहिलो नकआउट चरणको खेल हुनेछ । इङलिस प्रिमियर लिगको पावर हाउस म्यान्चेस्टर सिटीको लागीपनि यस खेल सजिलो छैन । मोन्चेनग्लाडबाकले रियल म्याड्रिड र इन्टर मिलानको समुहबाट दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो ।
लाजियो विरुद्ध बार्यन म्युनिख
साविक विजेता बार्यन म्युनिखले क्वाटर फाइनल प्रवेशको लागि इटालियन क्लब लाजियोसँग प्रतिस्पर्धा गर्नेछ । बार्यनको नजरमा यस ड्र केही सजिलो भएपनी खेल कस्को पोल्टामा पर्नेछ त्यो हेर्न बाँकी नै छ ।
एथ्लेटिको म्याड्रिड विरुद्ध चेल्सी
हाल ला लिगाको शिर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले चेल्सीको सामना गर्नेछ । यस खेललाई डिफेन्स भर्सेस अट्याक भन्दा परक नपर्ला । सिजनको शुरुवातमा आक्रमणमा ठूलो रकम खर्चेको चेल्सीले म्याड्रिडको डिफेन्स चिर्न सक्ला त भन्नेमा सबैको ध्यान तानेको छ ।
आरबी लिपजिक विरुद्ध लिभरपुल
६ पटकको च्यापियन्स लिग विजेता लिभरलपुलले जर्मन क्लब लिपजिकको सामना गर्नेछ । गत वर्षको सेमिफाइनल खेलेको लिपजिक लिभरपुलका प्रशिक्षक क्लोपको लागि टाउको दुखाई बन्न सक्छ ।
पोर्टो विरुद्ध युभेन्टस
इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगिज क्लब पोर्टोको सामना गर्नेछ । प्रतियोगिताको सार्वधिक सफल खेलाडीको साथ पाएको युभेन्टसले यस सिजन ट्रफीमा आफ्नो नाम लेखाउन चाहन्छ ।
बार्सिलोना विरुद्ध पिएसजी
बार्सिलोना र पिएसजी क्वाटर फाइनल प्रवेशको लागि खेल्दा सम्पुर्ण विश्व फूटबलका समर्थकको ध्यान यस खेलले तान्नेछ । ब्राजिलियन स्ट्राइकर नेयमर पुर्व क्लब बार्सिलोना विरुद्ध खेल्नेछन् । सन् २०१७ मा दुई टोलीबिच भएको खेलमा पहिलो लेग ४-० गोलले गुमाएको बार्सिलोनाले दोस्रो लेगमा ६-१ गोलको सानदार कमब्याक गरेको थियो । तर त्यसयता बार्सिलोनाको टोलीमा ठूलो परिवर्तन आएको छ ।
सेभिल्ला विरुद्ध बोरुसिया डर्टमण्ड
जर्मन क्लब डर्टमण्डले क्वाटरफाइनल प्रवेशको लागि सेभिल्लाको सामना गर्नेछन् । यस खेलमा सबैको ध्यान युवा फर्वार्ड हल्याण्डमाथी हुनेछ ।
एटलान्टा विरुद्ध रियल म्याड्रिड
प्रतियोगिताको सार्वधिक सफल टोली रियल म्याड्रिडले इटालियन क्लब एटलान्टाको सामना गर्नेछ । अघिल्लो दुई सिजनमा रियल म्याड्रिड अन्तिम १६ बाटै बाहिरिएको थियो ।
प्रि-क्वाटर फाइनलको पहिलो लेग २०२१ फेब्रुअरी १६, १७, २३ र २४ गते हुनेछ भने दोस्रो लेग मार्च १६, १७, २३, २४ गते हुनेछ ।

