काठमाडौंविरुद्ध चितवन टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत केहिबेरमा शुरु हुने इलिमिनेटरको खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा चितवनका कप्तान सिकन्दर राजाले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

आज दुवै टोली जित निकाल्दै दोस्रो क्वालिफायरमा पुग्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजयी हुने टोलीले फाइनल प्रवेशको लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *