काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले विदेश भ्रमणको औचित्य भ्रमणमा जाने व्यक्तिको संख्याले नभई त्यसबाट प्राप्त उपलब्धिले पुष्टि गर्नुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणमा कति जना गए भन्नेभन्दा पनि भ्रमणपछि देशले के उपलब्धि हासिल गर्यो भन्ने विषय महत्वपूर्ण हुने उल्लेख गरेकी छन्।
भ्रमणको औचित्य त्यसबाट प्राप्त उपलब्धि, मुलुकलाई पुगेको लाभ र जनताले पाएको प्रतिफलका आधारमा मूल्यांकन हुनुपर्ने उनको भनाइ छ।
