काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ।
ललितपुरको बीपी नगरस्थित बीपी स्मृति भवनमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २:०० बजे बैठक आह्वान गरिएको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका छन् । दुलालद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमा उपस्थित हुन अनुरोध गरिएको छ ।
