भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्वास्थ्य सेवा प्रवाहमा तीन वर्षसम्म देशभरकै सर्वोत्कृष्ट हुन सफल भक्तपुर अस्पतालको सेवा खस्किँदै गएकामा प्रति चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार भक्तपुर अस्पतालले आयोजना गरेको स्मारिका विमोचन एवं सम्मान कार्यक्रममा उनले भक्तपुर अस्पतालले फेरी पनि सरकारको मूल्याङ्कनमा सेवा प्रवाहमा पहिलो हुने गरी काम गर्न निर्देशन दिए ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव सुमित्रा डा गौतमले रिफरल सेन्टरको रूपमा पुगेको अस्पताललाई कोरोना महामारीदेखि अघिल्लो वर्षसम्म देशकै उत्कृष्ट अस्पताल बनाउन सफल भएपछि यस वर्ष तेस्रो भएपछि निकै दुःख लागेको बर्ता । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले अस्पतालमा आएका बिरामीले विगतमा जस्तै सेवा पाउन अस्पताल प्रशासनले कुनै कसर बाँकी राख्न नहुने बताए ।
अस्पतालका मेडिकल डाइरेक्टर डा त्रिभुवन चन्द्र झाले अस्पतालले गर्दै आएको सेवा र प्रयासकारबारेमा जानकारी गराउनु भएको थिए । अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष ज्ञानीराम श्रेष्ठले मुख्यमन्त्री थापालाई अस्पतालको तर्फबाट सम्मान गरे ।
