काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री तथा उनको सचिवालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले घटनाबारे प्रधानमन्त्री र उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताएकी हुन् ।
उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरेर धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ।
शुक्रबार प्रहरीले पत्रकार विश्वमणि सुवेदी र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई पक्राउ गरेको थियो ।
