एन्फाका अध्यक्ष नेम्बाङसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुमत कार्यसमितिको बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा मुद्दा परेका अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्राचार गर्ने निर्णय गरेको हो ।

बैठकले उपाध्यक्ष दीपक खतिवडाको नेतृत्वमा फिफा र सरकारसँग समन्वय गर्न समिति गठन गर्नुका साथै सहायक महासचिव बद्री भट्टराईलाई निमित्त महासचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकमा २० सदस्यीय कार्यसमितिका १२ जना सहभागी थिए । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत जुन २४ देखि एन्फालाई निलम्बन गरेको थियो ।

यस्ता छन् बैठकको निर्णय 

Leave a Reply

Your email address will not be published. Required fields are marked *