काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोली छाडेको आरोपमा एक महिनाको निलम्बन सजाय सुनाइएको छ । पोर्चुगाली फुटबल संघले सोमबार उनीमाथि प्रतिबन्ध लगाउनुका साथै २ सय ८६ डलर जरिवानासमेत गरेको हो ।
यूईएफए नेसन्स कप चलिरहेका बेला सेप्टेम्बर ३० मा टोली छाडेपछि रोनाल्डो विवादमा तानिएका थिए । उनले प्रशिक्षक जोर्गे जेससले आफूलाई खेलाउने प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै टोली छाडेका थिए ।
घटनापछि रोनाल्डोले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका थिए । साथै, आफूलाई जुनसुकै सजाय दिए पनि स्वीकार गर्ने बताएका थिए ।
सेप्टेम्बर २७ मा नर्वेविरुद्धको खेलमा प्रशिक्षक जेससले रोनाल्डोलाई वार्मअप गराए पनि मैदानमा उतारेका थिएनन् । त्यसपछि प्रशिक्षकको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले टोली छाडेका थिए ।
रोनाल्डोमाथिको प्रतिबन्ध डेनमार्कविरुद्ध अक्टोबर १ मा भएको खेलदेखि लागू हुने जनाइएको छ । यससँगै उनको निलम्बन अक्टोबरको अन्त्यतिर समाप्त हुनेछ ।
