दशौँ राष्ट्रिय खेलकुद : पुरुष फूटबलमा आर्मीको विजयी सुरुवात

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बुधबार दिउँसो भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा कप्तान भरत खवास र लकेन लिम्बुले समान एक/एक गोल गरे । आर्मीले थप एक गोल विपक्षी टोलीबाट आत्मघाती गोलका रूपमा उपहार पाएको थियो । जितसँगै आर्मीले तीन अंक जोडेको छ । आजै हुने दोस्रो खेलमा कोशी प्रदेश र गण्डकी प्रदेश भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *