च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी यात्रा जारी

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडले आफ्नो विजयी यात्रालाई जारी राखेको छ । मंगलबार राति भएको खेलमा पीएसभीलाई ५-१ गोलले हराउँदै म्याड्रिडले प्रतियोगितामा लगातार पाँचौं जित निकालेको हो ।

इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पेले दुई तथा फेडेरिको भाल्भेर्डे, जुड बेल्लिन्घाम र भिनिसियस जुनियरले समान एक/एक गोल थपे । पीएसभीको लागि इभान पेरेसिकले एक गोल गरे । पहिलो हाफमा एक गोलले पछि परेको म्याड्रिडले दोस्रो हाफमा पाँच गोल गर्दै उत्कृष्ट पुनरागमन गरेको हो ।

खेलको ३२ औँ मिनेटमा पेरिसिकले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । ५० औँ मिनेटमा गुलेरको पासमा भाल्भेर्डेले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । ६० औँ मिनेटमा बेल्लिन्घामले गोल गर्दै घरेलु टोलीलाई २-१ गोलको अग्रता दिलाए ।

चार मिनेटपछि गुलेरको पासमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई ३-१ गोलको अग्रता दिलाए । ८४ औँ मिनेटमा डियाजको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई सहज जिततर्फ अगाडि बढाएका थिए । यस्तै ८७ औँ मिनेटमा बेल्लिन्घामको पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई ५-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै म्याड्रिड ५ खेलबाट १५ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलबाट ४ अंक जोडेको पीएसभी २८ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *