गेलेफु टी–२० च्याम्पियनसिपका लागि नेपाल ‘ए’ टोली घोषणा, सन्तोष यादव कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भुटानमा आयोजना हुने गेलेफु मेन्स टी–२० च्याम्पियनसिप २०२६ का लागि नेपाल ‘ए’ टोली घोषणा गरेको छ ।

डिसेम्बर ४ देखि १३ सम्म भुटानमा सञ्चालन हुने प्रतियोगिताका लागि सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो ।
क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत टोली सार्वजनिक गरिएको हो ।

नेपाल ‘ए’ टोलीमा रहेका खेलाडीहरूः
– सन्तोष यादव (कप्तान)
– विवेक यादव
– अशोक धामी
– युवराज खत्री
– प्रकाश जैसी
– प्रतिश जीसी
– अर्जुन घर्ती मगर
– दीपक डुम्रे
– रुपेश सिंह
– दीपेश कँडेल
– अभिषेक तिवारी
– विशाल सुस्लिङ
– अभिषेक पाल
– इमरान शेख
नेपाल ‘ए’ टोलीले डिसेम्बर ४ देखि १३ सम्म भुटानमा हुने गेलेफु टी–२० प्रतियोगितामा सहभागिता जनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *