अर्थ छैन ब्रिक्समा नेपाल नबोलाइनुमा विलाप गर्नुको

-रमेशनाथ पाण्डे ।

विश्वको आधा जनसख्याको प्रतिनिधित्व गर्ने ब्रिक्स शिखर सम्मेलनको परिणामका चार वटा प्वाइन्टमा नेपालले ध्यान दिनुपर्छ :

१ . अमेरिका र चीन महाशक्तिको होडमा र मध्यशक्तिहरु आफनोलागि सामरिक स्वायत्तता सुरक्षित राख्न दत्तचित्त छन् । यसैको अनुक्रममा सबै देशहरु आफनो वैदेशिक सम्बन्धको पुनःसमायोजनको चरणमा सकृय भएका छन् ।

२) विकासोन्मुख देशहरु (Global South) को ऐक्यवध्दता र बहुध्रुवीय विश्व व्यवस्थामा जोड दिँदै आफनोलागि सामरिक स्वायत्तता सुरक्षित राख्ने भारतीय एजेण्डा देखिएको छ।

३) मतभेद, अविश्वास र द्वन्द्वको फराकिलो फॉटमा फैलिएको भारत र चीनको सम्बन्ध बलियो नेतृत्वको निरन्तरताले ‘मतभेदलाई विवादको रुप नदिइ आपसी सम्बन्धलाई दुश्मनी हैन, साझेदारी बनाउँदै व्यापार, सम्वाद र सहयोगमा ध्यान दिन’ सहमत भएको छ ।

अत्यन्तै अस्थिर विश्व परिस्थिति र दूरगामी महत्वको रुपान्तरण भइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको नाजुक अवस्थामा नेपाल नयॉ विश्वास लिएर उभिएको छ । २० वर्षमा १५ जना प्रधानमन्त्रीहरु, भागबन्डाको राजनीति र राजनीतिकरणले राज्यका सबै सयन्त्रहरु शिथिल र अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वसनियता गुमाउँदै विश्व समुदायबाट एक्लिएर राष्ट्रिय राजनीतिको स्वामित्व गुमाउँदै असफल राष्ट्र बन्ने खतरा भोगेको नेपालमा पछिल्लो वर्ष युवा विद्रोह भएको थियो । यसपछि जनताको प्रत्यक्ष खटनमा भएको आमचुनावमा मतदाताहरुको सामूहिक विवेकबाट युवा प्रधानमन्त्री र रास्वपाको करिब दुई तिहाई बहुमतको आडमा नेपालमा राजनीतिक स्थायीत्व कायम भएको छ । नेपालमा अहिले दुबै छिमेकीहरुमा जस्तै बलियो र टिकाउ सरकार छ । यसैले परराष्ट्र नीतिमा स्थायीत्व तथा सबै देशहरु विशेष गरि छिमेकीहरु र अमेरिकासँगको सम्बन्धमा आपसी विश्वास, सम्मान र सहयोग बलियो तुल्याउन समय अनुकुल भएको छ ।

ब्रिक्सको शिखर सम्मेलनमा दशवर्ष अघि बिमस्टेकको अध्यक्षको हैसियतमा नेपाललाई बोलाइएको थियो । यसपटक बिमस्टेकको वर्तमान अध्यक्षको हैसियतमा बंगलादेशलाई बोलाइयो । यसैले अहिले नेपाललाई बोलाइएन भनेर बिलाप गर्नु फतुर मात्र हो । तर यो अज्ञानता देखाउँदा त्यसबेला सम्मेलन सकिएपछि कारकेडको प्रतिक्षामा संयोगबस बसेका चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई तत्कालिन नेपाली प्रधानमन्त्रीद्वारा ‘त्रिदेशिय सम्बादको कुटनीतिको इतिहास रचेको’ वचकना प्रचार गरेर नेपाल हाँसोको पात्र बनेको, विश्व समुदायमा संकोचमा परेको सम्झना ताजा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *