सुर्खेत । दसौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आइतबार दिउँसो भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले हराउँदै आर्मीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
विरेन्द्रनगर क्रिकेट मैदानमा भएको खेलमा ७० रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । आर्मीको लागि कविता कुँवरले २० र लक्ष्मी साउँदले १८ रन बनाइन् । दुवै नटआउट रहे ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६.२ ओभरमा अलआउट हुँदै ६९ रन बनाएको थियो ।
आजै पुरुष क्रिकेटतर्फ भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको हो ।
