गृहमन्त्रीप्रति गोकुल बास्कोटाको कटाक्षः शिकारपछि गोही रुन्छ

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आत्मदाह गरेका गणेश नेपालीलाई सम्झेर गृहमन्त्री सुदन गुरुङ सदनमा भावुक बनेको विषयलाई कटाक्ष गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री भावुक बनेको विषयलाई गोकुल बास्कोटाले गोहीको आँशुसँग तुलना गरेका छन् ।

उनले भनेका छन्, ‘शिकारपछि गोही रुन्छ । त्यस्तो दृष्य देख्न घना जंगल, नदी किनार वा तलाऊ छेउ जान नपर्ने भएछ । नयाँ नेपालमा–चमेली !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *