बझाङको सुंगरेमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ । बझाङको सुंगरेमा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शनिबार अपरान्ह जिप दुर्घटना भएको हो । बझाङबाट निर्वाचित नेकपा एमालेका सांसद ऐन महरले दुर्घटनामा चार जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

उनले घाइते उद्दारका लागि सुर्खेतबाट हेलिकोप्टर उडिसकेको जानकारी दिएका छन् । उनले घाइतेहरुको जीवनरक्षाको लागि हदैसम्मको प्रयास गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *