हालान्डको ह्याट्रिकमा सिटी लिभरपुललाई हराउँदै एफए कपको सेमीफाइनलमा

एजेन्सी । फरवार्ड इलिंङ ब्राउट हालान्डले ह्याट्रिक पूरा गरेपछि म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ । शनिबार बेलुकी भएको क्वाटरफाइनल खेलमा लिभरपुललाई ४-० गोलले पराजित गर्दै सिटीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन हालान्डले ह्याट्रिक पूरा गर्दा एन्टोनी सेमेन्योले एक गोल गरे । खेलको ३९ औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा सेमेन्योको पासमा हालान्डले गोल गर्दै सिटीलाई २-० गोलको अग्रता दिलाएका थिए ।

५० औँ मिनेटमा सेमेन्योले गोल गर्दै सिटीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । सात मिनेटपछि हालान्डले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर सिटीलाई ४-० गोलको अग्रता दिलाए । ६४ औँ मिनेटमा लिभरपुलले पेनाल्टी पाएपनि मोहम्मद सलाहले सदुपयोग गर्न नसक्दा खेलमा फर्किने मौका गुमाएको थियो ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सिटी ४-० गोलले विजयी भएको हो । जितसँगै सिटी अन्तिम चारमा पुग्दा लिभरपुल प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *