साफ महिला क्लब च्याम्पियनसिप: बराबरीमा रोकियो एपीएफ

काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा नेपाल एपीएफ क्लब बराबरीमा रोकिएको छ । बिहीबार बेलुकी भएको खेलमा एपीएफ भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले गोलको लागि थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा अंक  बाढ्न बाध्य भएको हो ।

बराबरीसँगै एपीएफ दुई खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने ट्रान्सपोर्ट तीन खेलबाट दुई अंक जोड्दै चौथो स्थानमा रहेको छ ।

आज भएको पहिलो खेलमा इस्ट बङ्गालले कराँची एफसीलाई २-० गोलले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *