केनको दुई गोलमा कङ्गोलाई हराउँदै इङ्ल्यान्ड विश्वकपको अन्तिम १६मा

काठमाडौँ । कप्तान ह्यारी केनले दुई गोल गरेपछि इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६मा प्रवेश गरेको छ । बुधबार बेलुकी भएको अन्तिम ३२ को खेलमा डीआर कङ्गोमाथि २-१ गोलको पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड अन्तिम १६मा पुगेको हो ।

एटलान्टा स्टेडियममा भएको खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा कङ्गो पराजित हुन पुगेको हो । खेलको सातौँ मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७५ औँ मिनेटमा यारी केनले हेडर गोल गर्दै इंग्ल्याण्डलाई १-१ गोलको बराबरीमा ल्याए  । ११ मिनेटपछि केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २-१ गोलको पुनरागमन जित दिलाएका हुन् ।

अब इङ्ल्याण्डले अन्तिम १६मा मेक्सिकोको सामना गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *