शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । बिहीबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ८.७८ अङ्कले बढेको हो । आज ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर ४ अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज पाँच वटा कम्पनीको शेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । अपर लोहोरे हाइड्रोपावर र कलङ्गा हाइड्रो १५ प्रतिशतले वृद्धि हुँदा स्नो रिभर लिमिटेड र सानिगढ हाइड्रोपावर समेत सर्किट लेभलमा बढेका छन् ।

धवलागिरी लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर समेत दोहोरो अङ्कले बढेको छ । आज १०८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ। यस बैंकको ४१ करोड ३२ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *