एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल र टोटेन्हाम एफए कपबाट बाहिरिएको छ । आइताबार राति भएको चौथो चरणको खेलमा लिभरपुल च्याम्पियनसिपको पुछारमा रहेको प्लेमाउथसँग १-० गोलले पराजित भएको हो ।
होम पार्कमा भएको खेलमा प्लेमाउथलाई जित दिलाउन रायन हार्डीले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा हार्डीले पेनाल्टीमा गरेको गोलनै टोलीको जितमा निर्णायक बन्यो ।
यस्तै गएरातिनै भएको अर्को खेलमा एस्टन भिल्लासँग २-१ गोलले पराजित हुँदै टोटेन्हामपनि प्रतियोगिताबाट बाहिरिएको छ । भिल्ला पार्कमा भएको खेलमा भिल्लालाई जित दिलाउन जोकाब रामसे र मोर्गान रोजर्सले समान एक/एक गोल गरे । टोटेन्हामको लागि माथेस टेलले एक गोल गरे ।
