आज नेपाल ‘ए’ र होबर्ट हुरिकेन्स भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल ‘ए’ र होबर्ट हुरिकेन्स एकेडेमी भिड्दैछन् । डार्विनस्थित मर्रारा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपाल यसअघि पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेट र बंगलादेश हाइ प्रफरमेन्स ११ सँग ९ विकेटले पराजित भएको थियो ।

यता हुरिकेन्सपनि शुरुवाती दुवै खेलमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *