विराटनगर । विराटनगर महानगरपालिका ७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको मोरङ प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको छ ।
आज करिब २–३ दिनको नवजात शिशु (छोरा)फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले शिशुको उद्धार गरी गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याएको हो । हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नवजात शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
