नेप्सेमा १९ अंकको गिरावट

काठमाडौँ । सोमबर शेयर बजार नेप्सेमा गिरावट आएको छ । सोमबार नेप्से १९.१३ अङ्कले घटेको हो । आज कुल ३५० कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ३ अर्ब २३ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज ४७ वाटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्यमा गिरावट आएको छ । सर्वोत्तम पेन्टस्का लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन्, जसको शेयर मूल्य १४.९९ प्रतिशत बढेको छ ।

त्यस्तै, धौलागिरी लघुवित्तको मूल्य ११.९८ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको मूल्य ९.१४ प्रतिशतले वृद्धि भएको छ । कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको १२ करोड ७२ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *