प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

रामल्ला । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले शनिबार राष्ट्रपति र संसदीय निर्वाचन दुवै सँगै गर्ने गरी करिब एक बर्षका लागि स्थगित गरिएको जानकारी उनको कार्यालयले दिएको छ।

अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा वकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर २८ मा हुने तय भएको थियो भने राष्ट्रपतीय निर्वाचन सन् २०२७ को सुरुतिर हुने अपेक्षा गरिएको थियो।

राष्ट्रपतीय आदेश जारी गर्दै उहाँले पहिले निर्धारित संसदीय निर्वाचन स्थगित गरेको र सन् २०२७ सेप्टेम्बर ११ मा दुवै निर्वाचन गर्ने बताएको प्यालेस्टिनी सञ्चारमाध्यमले राष्ट्रपतिको कार्यालयको स्रोतलाई उद्धृत गरी जनाएका छन्।

“अब्बासले शनिबार एक राष्ट्रपतीय आदेश जारी गर्दै सन् २०२७ सेप्टेम्बर ११ मा राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने घोषणा गर्नुभएको छ,” उनको कार्यालयले वाफा न्यूज एजेन्सीमार्फत् सार्वजनिक विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *