म्याड्रिडको सहज जित

एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा ग्रानाडालाई २-० गोलले हराउँदै म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन ब्राहिम डियाज र रोड्रिगोले समान एक-एक गोल गरे । खेलको २६ औं मिनेटमा क्रुसको पासमा डियाजले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५७ औं मिनेटमा रोड्रिगोले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-० गोलले विजयी भएको हो । जितसँगै म्याड्रिड १५ खेलबाट ३८ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ७ अंक जोडेको ग्रानाडा १९ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *