पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारीप्रति एमाले महासचिवको आपत्ति

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीप्रति आपत्ति जनाएका छन् ।

सामाजिक संजालमार्फत महासचिव पोखरेलले बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको बताएका हुन् ।

उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत रहेको उल्लेख गरेका छन् ।
पोखरेलले यस्तो गैरकानुनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको बताएका छन् ।

उनले भनेका छन्,‘ बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो । यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासन (Rule of Law) को मर्मविपरीतको काम हो । यस्तो गैरकानूनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो। तसर्थ सबैले गलत कामको खबरदारी गरौँ।’

प्रहरीले जबरालाई गएराति निवासबाटै पक्राउ गरेको थियो । तर अहिले भने सुरक्षा थ्रेट भएकाले सुरक्षाका लागि आफूहरुले ल्याएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *