एसियाली खेलकुद : नेपालद्वारा जापानलाई बलियो विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । एसियाली खेलकुद अन्तर्गत जारी क्रिकेटतर्फको खेलमा नेपालले जापानलाई बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ । कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा नेपालले जापानलाई जितको लागि १ सय ५० रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको हो । वर्षाको कारण खेल १५ ओभरमा छोट्याइएको थियो । नेपालको लागि सन्दीप जोरा  र लोकेश बमले अर्धसतक बनाए । सन्दीपले ३२ बलमा ५ चौका र तीन छक्काको मद्दतमा ५७ रन बनाए । यस्तै अन्त्यमा  ब्याटिङ गर्न आएका लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ५२ रन बनाउँदै नेपाललाई बलियो योगफलमा पुर्याएका हुन् । ओपनर आसिफ शेखले २१, कुशल भुर्तेलले चार तथा कुशल मल्ल र गुलसन झाले समान २/२ रन बनाए ।

जापानको लागि इयो साकुरानो थोमस, इब्राहिम टाकाहाशी, जाके कुसुडा र डेक्लान सुजुकीले समान एक/एक विकेट लिए । अब जापानले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *