अफगानिस्तानलाई पाकिस्तानको प्रतिस्पर्धात्मक विजयी लक्ष्य

एजेन्सी । एकदिवसीय विश्वकपमा पाकिस्तानले अफगानिस्तानलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईमा जारी खेलमा पाकिस्तानले अफगानिस्तानलाई २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको हो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको हो । पाकिस्तानको लागि बाबर अजामले सर्वाधिक ७४ रन बनाउँदा अब्दुल्लाह शाफिकीले ५८ तथा शदाब खान र इफ्तिखर अहमदले समान ४०-४० रन बनाए । यस्तै साउद शकेलले २५ र इमान उल हाकले १७ रनको योगदान गरे ।

अफगानिस्तानको लागि नोर अहमदले तीन विकेट लिँदा नाभिन उल हकले दुई तथा मोहम्मद नाबी र अज्मातुलाह ओमारजाइले समान एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *