काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरिएको रकम नदिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा शाहीले खेलाडीलाई दिने भनेर वाचा गरिएको १७ लाख नदिएको भन्दै तत्काल दिन माग गरेका हुन् । उनले भने, ‘क्रिकेट खेलाडीलाई दिने भनिएको पैसा किन रोकेर राखिएको छ ? भोको पेटले राष्ट्रवादलाई कति धान्ने ? प्रधानमन्त्रीले, खेलकुदमन्त्री र सचिवलायले छिटो उपलब्ध गराओस् ।’