साउदी लिगमा अल नासरको लगातार तेस्रो जित

एजेन्सी । साउदी प्रो लिगमा साविक विजेता अल नासरले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिने क्रममा अल नासरले अल फाइसलीलाई ३-१ गोलले पराजित गरेको हो ।

अल माज्मा स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा अल नासरलाई जित दिलाउन अब्दुल्लाह अल हाम्दन र एन्जेलोले सामान एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । अल फाइसलीको लागि थियो बोन्गोन्डाले एक गोल गरे । खेलको चौथो मिनेटमै अल हाम्दनले गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए ।

४९ औँ मिनेटमा एन्ड्री गिरोटोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि अल नासरले खेलमा २-० गोलको अग्रता लिएको थियो । चार मिनेटपछि क्रिस्टियानो रोनाल्डोले गरेको गोल अफसाइडका कारण रद्द भयो।

६६ औँ मिनेटमा बोन्गोन्डाले गोल गर्दै अल नासरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ७९ औँ मिनेटमा एन्जेलोले गोल गर्दै अल नासरलाई ३-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै अल नासर १० खेलबाट २५ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट ७ अंक जोडेको अल फैसली सातौँ स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *