अर्जेन्टिनी गोलकिपर मार्टिनेज उत्कृष्ट गोलकिपर, फर्नान्डेज उत्कृष्ट युवा खेलाडी

एजेन्सी । अर्जेन्टिनाका गोलकिपर इमि मार्टिनेजले कतारमा सम्पन्न फिफा विश्वकप-२०२२ को उत्कृष्ट गोलकिपर बन्दै ‘गोल्डेन ग्लोभ्स’ जितेका छन् । आइतबार राति फ्रान्सविरुद्ध भएको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी रोकेका मार्टिने उत्कृष्ट गोलकिपर चुनिएका हुन् ।

इंग्लिस क्लब एस्टन भिल्लाका गोलकिपर मार्टिनेले फाइनल खेलको १ सय २० मिनेटमा एम्बाप्पेलाई रोक्न नसकेपनि पेनाल्टी सुटआउटमा नायक बने । फ्रान्सका किंग्सले कोमानको पेनाल्टी बचाएका मार्टिनेजले उत्कृष्ट  प्रदर्शन गरेका थिए ।

३० वर्षीय गोलकिपर मार्टिनजले विश्वकपमा तीन क्लिन सिट राखेका थिए भने मात्र ७ गोल बेहोरेका थिए । यसअघि मार्टिनेजले गत वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउनपनि शानदार प्रदर्शन गरेका थिए ।

सन् २०२० मा भिल्लामा अनुबन्ध भएपछि लगातार खेल्ने समय पाएका मार्टिनजले गत वर्ष राष्ट्रिय टोलीको लागि डेब्यु गरेका थिए । यसअघिपनि लगातर टोलीमा रहेपनि बेन्चमा रहँदै आएका मार्टिनेजले डेब्युको लागि १० वर्ष कुर्नुपरेको थियो ।

यस्तै अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेज विश्वकपको उत्कृष्ट युवा खेलाडी चुनिएका छन् । विश्वकपमा आठ खेल खेलेका २१ वर्षीय मिडफिल्डरले समूहचरण अन्तर्गत मेक्सिकोविरुद्ध भएको खेलमा एक गोल गरेका थिए ।

यो पनि – सर्वाधिक गोलकर्ता बन्दै एम्बाप्पेले जिते ‘गोल्डेन बुट’

मेस्सीलाई गोल्डेन बल अवार्ड

अर्जेन्टिना फिफा विश्वकप च्याम्पियन

Leave a Reply

Your email address will not be published. Required fields are marked *