सर्वाधिक गोलकर्ता बन्दै एम्बाप्पेले जिते ‘गोल्डेन बुट’

काठमाडौं । फ्रान्सका युवा फरवार्ड किलियन एम्बाप्पेले फिफा विश्वकप-२०२२ को ‘गोल्डेन बुट’ अवार्ड जितेका छन् । आइतबार राति कतारमा सम्पन्न विश्वकपमा सर्वाधिक गोल गरेका एम्बाप्पेले ‘गोल्डेन बुट’ अवार्ड जितेका हुन् ।

फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक पुरा गरेपनि फ्रान्सलाई विश्वकप जिताउन नसकेका एम्बाप्पेले प्रतियोगितामा आठ गोल गरेका थिए । फ्रान्सलाई लगातार दोस्रोपटक विश्वकप जिताउन असफल उनले फाइनल खेलमा गरेको प्रदर्शन एतिहासिक रहनेछ ।

समूहचरणको पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध एक गोल गर्दै एक एसिस्ट दिएर प्रतियोगिताको शुरुवात गरेका एम्बाप्पेले डेनमार्कविरुद्ध दोस्रो खेलमा दुई गोल गरेका थिए । यस्तै पोल्याण्डविरुद्ध भएको प्रि-क्वाटरफाइनल खेलमा दुई गोल गर्दै एक एसिस्ट दिएका एम्बाप्पे क्वाटरफाइनलमा र सेमिफाइनलमा गोल गर्न असफल भए ।

यो पनि –मेस्सीलाई गोल्डेन बल अवार्ड

अर्जेन्टिना फिफा विश्वकप च्याम्पियन

तर उनले फाइनल खेलमा ह्याट्रिक पूरा गर्दै गोल्डेन बुट आफ्नो नाममा लेखाएका हुन् । यसक्रममा उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका हुन् । निर्धारित समयमा दुई गोलले पछि परेको स्थितिमा दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका एम्बाप्पेले अतिरक्त समयमा एक गोल थप्दै ह्याट्रिक पूरा का हुन् । विश्वकपको फाइनल खेलमा ह्याट्रिक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन् ।

एम्बाप्पेले दुई विश्वकपमा १२ गोल गरिसकेका छन् । अब उनी विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरास्लोभ क्लोज भन्दा मात्र चार गोलले पछाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *