मेस्सीलाई गोल्डेन बल अवार्ड

एजेन्सी । अवार्ड अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले फिफा विश्वकप-२०२२ को गोल्डेन बल अवार्ड जितेका छन् । आइतबार राति भएको फाइनल खेललाई साविक विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिनालाई तेस्रोपटक विश्वकपको उपाधि जिताएका मेस्सीले सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बल अवार्ड जितेका हुन् ।

यससँगै मेस्सी दुईपटक गोल्डेन बल अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पनि उनले गोल्डेन बल जितेका थिए ।

अर्जेन्टिनालाई सन् १९८६ पछि पहिलोपटक उपाधि जिताउन उनले फाइनल खेलमा दुई गोल गरेका थिए भने समाग्रमा सात गोल गर्दै तीन एसिस्ट दिएका थिए । यस्तै मेस्सी विश्वकपको फाइनलसहित पाँच खेलमा म्यान अफ दी म्याच चुनिए । अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराउँदै उपाधि जितेको हो ।

यस्तै फाइनल खेलमा ह्याट्रिक पूरा गरेपनि टोलीलाई जिताउन नसकेका फ्रान्सका किलियन एम्बाप्पेले सिल्भर बल र क्रोएसियाका लुका मोड्रिकले ब्रोन्ज बल पाए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *