विश्वकप फाइनल : एम्बाप्पेले दुई मिनेटमा दुई गोल गरेपछि खेल अतिरिक्त समयमा

एजेन्सी । किलियन एम्बाप्पेले अन्तिम समयमा दुई मिनेटमा दुई गोल गरेपछि फिफा विश्वकप-२०२२ अन्तर्गत जारी फाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ ।  लुसाइल इकोनिक स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीच जारी फाइनल खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

फ्रान्सको लागि एमबाप्पेले दुई गोल गर्दा अर्जेन्टिनाको लागि लियोनल मेस्सी र एन्जल डी मारियाले एक-एक गोल गरे । खेलको २३ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । डेम्बेलेले डी मारियालाई डी-बक्स एरियामा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

३६ औं मिनेटमा म्याक एलिस्टरको पासमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका हुन् । ८० औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ८१ औं मिनेटमा थुरामको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-२ गोलको बराबरी ल्याएका हुन् ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *