विश्वकप फाइनल : मेस्सी र डी मारियाको गोलमा अर्जेन्टिनालाई अग्रता

एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले दुई गोलको अग्रता लिएको छ । लुसाइल इकोनिक स्टेडियममा जारी खेलको पहिलो हाफको समाप्तिमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सविरुद्ध २-० गोलको अग्रता लिएको हो ।

अर्जेन्टिनालाई अग्रता दिलाउन लियोनल मेस्सी र एन्जल डी मारियाले समान एक-एक गोल गरे । खेलको २३ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । डेम्बेलेले डी मारियालाई डी-बक्स एरियामा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । ३६ औं मिनेटमा म्याक एलिस्टरको पासमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका हुन् ।

दोस्रो हाफ केहिबेरमा शुरु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *