विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको शुरुवाती ११ घोषणा

एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत केहिबेरमा हुने फाइनल खेलको लागि अर्जेन्टिना र फ्रान्सको शुरुवाती ११ घोषणा भएको छ । लुसाइल इकोनिक स्टेडियममा हुने खेल ८:४५ बजे शुरु हुनेछ ।

अर्जेन्टिनाले आजको खेलमा एक परिवर्तन गरेको छ । क्रोएसियाविरुद्ध भएको सेमिफाइनल खेलमा शुरुवात गरेका पारेडेसको स्थानमा दी मारिया टोलीमा फर्किएका छन् । यस्तै फ्रान्सले भने शुरुवाती ११ मा दुई परिवर्तन गरेको छ । मोरोक्कोविरुद्धको सेमिफाइनल खेलमा जीत निकालेको टोलीमा रहेका कोनाटे र फोफानाको स्थानमा उपामेकानो र राबियोटले शुरुवात गरेका छन् ।

अर्जेन्टिनाको शुरुवाती ११ :– मार्टिनेज(गोलाकिपर), मोलिना, रोमेरो, ओटामेन्डी, टाग्लिफिको , डे पाउल, इन्जो फर्नान्डेज, म्याक अलिस्टर, डी मारिया, जुलियन अल्भारेज, लियोनल मेस्सी(कप्तान)

फ्रान्सको शुरुवाती ११ :– हुगो रोलिस(गोलकिपर, कप्तान), कोउन्डे, राफायल भरान, उपामेकानो, थियो हर्नान्डेज, चुआमिनी, राबियोट, डेम्बेले, ग्रिजमन, किलियन एम्बाप्पे, जिरुड

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *