अर्जेन्टिना विरुद्ध फ्रान्स : प्लेयर टु वाच

एजेन्सी । फिफा विश्वकप-२०२२ को फाइनल खेलमा आज अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । लुसाइल इकोनिक स्टेडियममा हुने खेल राति ८:४५ बजे शुरु हुनेछ ।

दक्षीण अमेरिकी च्याम्पियन अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछ भने साविक विजेता फ्रान्स उपाधि रक्षा गर्ने दाउमा रहेको छ । पछिल्लो ६ वर्षमा कुनैपनि टोलीले विश्वकपको उपाधि रक्षा गर्न सकेका छैनन् ।

प्लेयर टु वाच

१ . लियोनल मेस्सी (अर्जेन्टिना)

अर्जेन्टिनी सुपरस्टार खेलाडी तथा कप्तान लियोनल मेस्सी आजको खेलमापनि मुख्य आकर्षण हुनेछन् । आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेस्सीले आजको खेलमापनि सबैको नजर तान्नेमा दुई मत छैन । हालसम्म क्लब फूटबलमा सबै उपाधि जितिसका मेस्सी विश्वकप जित्दै आफ्नो खेल जीवनलाई पूर्ण बनाउन चाहन्छन् । गत सिजन क्याटलान क्लब छोड्दै पेरिस सेन्ट जर्मन(पीएसजी) पुगेका मेस्सीले गत सिजन सोचेअनुरूप प्रदर्शन गर्न नसकेपनि यस सिजन भने आफ्नो लय समातेका थिए । मेस्सीले अर्जेन्टिनाबाट १ सय ७० खेल खेल्दै ९६ गोल गरेका छन् । जारी विश्वकपमा पाँच गोल गर्दै तीन एसिस्ट दिएका मेस्सी फ्रान्सको लागि टाउको दुखाई बन्न सक्छन् । मेस्सी गोल्डेन बल र गोल्डेन बुटको मुख्य दाबेदारपनि हुन् ।

२ . किलियन एम्बाप्पे (फ्रान्स)

चार वर्ष अगाडिको रसियामा भएको विश्वकपमा फ्रान्सलाई उपाधि जिताउन मुख्य भूमिका खेलेका किलियन एम्बाप्पेले उत्कृष्ट युवा खेलाडी चुनिएका थिए । यसपटकपनि उनी गोल्डेन बुट र गोल्डेन बलको दौडमा रहेका छन् । जारी विश्वकपमा एम्बाप्पेले ६ खेलमा ५ गोल गर्दै दुई एसिस्ट दिइसकेका छन् । अन्तिम १६ अन्तर्गत पोल्याण्डविरुद्ध भएको खेलमा दुई गोल गरेका एम्बाप्पे क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न असफल भएका थिए । त्यसैले एम्बाप्पे फाइनल खेलमा गोल गर्दै फ्रान्सलाई उपाधि दिलाउने दाउमा छन् । चार वर्ष अगाडि फ्रान्सलाई उपाधि दिलाउन एम्बाप्पेले फाइनल खेलमा क्रोएसियाविरुद्ध एक गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *