USAID

विश्वकपको क्वाटरफाइनलको समीकरण पूरा

एजेन्सी । कतारमा जारी फिफा विश्वकप-२०२२ को क्वाटरफाइनलको समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ को दुई खेल सकिएसँगै विश्वकपको क्वाटरफाइनलको समीकरण पूरा भएको हो ।

अब क्वाटरफाइनलको पहिलो खेलमा क्रोएसियाले सर्वाधिक पाँचपटकको च्याम्पियन ब्राजिलको सामना गर्नेछ । यस्तै अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दा मोरोक्को र पोर्चुगल तथा इंग्ल्याण्ड र फ्रान्स भिड्नेछन् । विजेता टोलीले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गर्नेछ भने पराजीत हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

क्वाटरफाइनल अन्तर्गतका खेलहरु शुकबारबाट शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *