ट्याक्टर दुर्घटनामा बाजुरामा दुई जनाको मृत्यु

काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

शुक्रबार साँझ पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर जगन्नाथ गाउँपालिका–३ दाउणामा सडकबाट करिब ५०० मिटर तल खसेको हो ।

दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडा निवासी ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ निवासी २१ वर्षीय नवीन बोहरासहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडा निवासी ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगिता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका छन् । घाइते पाँचै जनालाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *