USAID

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

एजेन्सी । उपाधि दाबेदार अर्जेन्टिना फिफा विश्वकप-२०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूहको अन्तिम खेलमा पोल्याण्डलाई २-० गोलले पराजीत गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।

स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जीत दिलाउन एलेक्सिस म्याक अल्लिस्टर र जुलिएन अल्भारेजले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको पहिलो मिनेटमै मोलिनाको पासमा अल्लिस्टरले गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए । यसअघि पहिलो हाफको ३९ औं मिनेटमा लियोनल मेस्सी पेनाल्टीमा चुक्दा अर्जेन्टिनाले शुरुवाती अग्रता लिने मौका गुमाएको थियो ।

६७ औं मिनेटमा इन्जोको पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अर्जेन्टिना २-० गोलले विजयी भयो ।

जीतसँगै अर्जेन्टिना तीन खेलबाट ६ अंक जोड्दै समूह ’सी’को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । हारमा बाबजुत पोल्याण्डपनि समान खेलबाट ४ अंकको साथ दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल भयो । तेस्रो स्थानमा रहेको मेक्सिकोसँग अंक बराबर भएपनि पोल्याण्ड गोल अन्तरमा अगाडि रहन सफल भयो ।

गएरातिनै भएको समूहको अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई २-१ गोलले हराएको हो । जीतका बाबजुत मेक्सिको र साउदी समूहचरणबाटै बाहिरिएका छन् ।

अब अर्जेन्टिनाले क्वाटरफाइनल प्रवेशको लागि समूह ‘डी’को उपविजेता अष्ट्रेलियाको सामना गर्नेछ । यस्तै पोल्याण्डले फ्रान्ससँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *