USAID

एक्लाएक्लै भिड्दै ६ मधेसी दल

काठमाडौं। तराईमधेस केन्द्रित ६ दल एक्लाएक्लै स्थानीय तहको निर्वाचनमा भिड्ने भएका छन्। ती दलबीच देशैभरि कतै पनि आपसी तालमेल छैन।

उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन सोमबार जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), जनता प्रगतिशील पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक्लाएक्लै उम्मेदवारी दिएका छन्।

सत्तारूढ गठबन्धनमा आबद्ध जसपाले महानगर र उपमहानगर सबैमा तथा एकाध स्थानीय तहमा तालमेल गरेको छ। लोसपाले पनि केही स्थानीय तहमा एमालेसँग चुनावी गठबन्धन गरेको छ। तर कैलालीका एकाध स्थानीय तहबाहेक मधेसी दलहरूकै बीचमा भने कतै पनि चुनाब