सातै प्रदेशमा कांग्रेस पहिलो

काठमाडौं। ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । देशभरका ७ सय ५३ पालिकामध्ये ७ सय ४७ पालिकाको परिणाम आउँदासम्म कांग्रेस सातै प्रदेशमा पहिलो दल बनेको हो ।

यसैगरी, नेकपा एमाले पाँच प्रदेशमा दोस्रो दल बनेको छ भने दुई प्रदेशमा माओवादी केन्द्रले सो स्थान पाएको छ । यस्तै, जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशमै तेस्रो दल बनेको छ ।

बुधबार रातिसम्म प्राप्त विवरणअनुसार कांग्रेसले प्रदेश १ मा ६८ पालिकाको नेतृत्व जितेको छ । यस्तै मधेस प्रदेशमा ४५, बाग्मती प्रदेशमा ५८, गण्डकीमा ३६, लुम्बिनीमा ४७, कर्णालीमा ३२ र सुदूरपश्चिम प्रदेशमा ४० पालिकामा कांग्रेसका प्रमुख÷अध्यक्ष निर्वाचित भएका हुन् ।

यसैगरी, एमालेले प्रदेश १ मा ४७ पालिकाको नेतृत्व हात पार्दा मधेस प्रदेशमा २९, बाग्मतीमा २६, गण्डकीमा ३५, लुम्बिनीमा २७, कर्णालीमा १५ र सुदूरपश्चिममा २५ पालिकामा प्रमुख÷अध्यक्ष जितेको हो ।

यस्तै, माओवादी केन्द्रले प्रदेश १ मा १२, मधेस प्रदेशमा ९, बाग्मतीमा २७, गण्डकीमा ११, लुम्बिनीमा २५, कर्णालीमा २३ र सुदूरपश्चिममा १४ पालिकाको नेतृत्वमा जित हात पारेको छ । सो परिणामलाई हेर्दा बाग्मती प्रदेश र कर्णाली प्रदेशमा माओवादी केन्द्र एमालेलाई पछि पार्दै दोस्रो भएको हो ।

यसैगरी, प्रदेश १ मा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले गरी ५ स्थानीय तहमा जित हात पारेका छन् भने नेकपा एस र जसपाले प्रदेश १ मा दुई÷दुई पालिका जितेका छन् ।

यस्तै, मधेस प्रदेशमा माओवादी केन्द्रलाई जसपा र लोसपाले पछि पारेका छन् । सो प्रदेशमा जसपा २५ स्थानीय तह जित्दै तेस्रो दल बनेको हो । यस्तै, लोसपा सो प्रदेशमा १४ पालिका जितेर चौंथो दल बन्दा माओवादी केन्द्रले ९ पालिका जित्दै पाँचौं नम्बरमा परेको छ ।

मधेस प्रदेशमा नेकपा एकीकृत समाजवादीले ६ पालिकामा जित निकाल्दै छैटौं दल बनेको छ भने अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारले ६ पालिकाको नेतृत्व हात पारेका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *