अमेरिकाबाट झाँक्रीको ट्विट: ‘गठबन्धन सम्मानजनक भएन, दम्भको हिसाब मिलान गर्नुपर्नेछ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पाँच दलीय सत्ता गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्।

आइतबार राति ट्वीटमार्फत उनले गठबन्धनका दलबीचमै हार्दिकतापूर्ण वातावरण बनाउन जनाउँदै उनले गठबन्धन भित्रका वार्ता संवादमा केही दम्भ देखिएको बताएकी छन्। झाँक्रीले गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा यसको हिसाब मिलान गर्नुपर्ने धारणा सार्वजनिक गरेकी छन् ।

‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्धनका दलहरूको बीचमा हामीले आफैँ भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। ’उनले भनेकी छन्, ‘योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस १’

Leave a Reply

Your email address will not be published. Required fields are marked *