गठबन्धनद्वारा बागी उम्मेदवारलाई प्रलोभन नै प्रलोभन

काठमाडौं । सत्तागठबन्धन दलका नेताले प्रदेशस्तरीय कार्यक्रममा बागी उठेका नेतालाई आफूहरूले चुनाव जितेपछि राष्ट्रिय सभाको सदस्य, राजदूत तथा अन्य उच्च पदस्थ निकायमा नियुक्ति दिने आश्वासन दिन थालेका छन् । उनीहरूले विभिन्न उधारो आश्वासन दिएर बागी नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता गराउने प्रयास थालेका हुन् ।

यसका साथै गठबन्धनका शिर्ष नेताले अन्य नेता तथा कार्यकर्तालाई पनि गठबन्धनले चुनाव जितेपछि बन्ने सरकारले व्यापक अवसर दिने भन्दै कार्यकर्तालाई पनि लोभ्याउने काम गर्न थालेका छन् ।

राजनीतिक विश्लेषकले भने चुनाव जित्नु अगावै राष्ट्रिय सभा सदस्य, राजदूत तथा अन्य राजनीतिक नियुक्तिको प्रलोभन देखाउनु लोकतान्त्रिक संस्कारविरुद्धको राजनीतिक बेइमानी भएको बताएका छन् । आजको राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *