ए डिभिजन लिग: आठौँ चरणका खेलहरु आजबाट

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आठौँ चरणका खेलहरु आजबाट शुरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज लिगको दुई खेल हुँदैछ ।

आज हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् । खेल दिउँसो १ बजे शूरु हुनेछ । आज हुने खेलमा सकारात्मक नतिजा निकाल्दै संकटा लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । हाल संकटा ७ खेलबाट १३ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । सातदोबाटोपनि आजको खेल जित्दै शिर्ष ४ मा उक्लिन चाहन्छ । हाल सातदोबाटो समान खेलबाट ८ अंकको साथ आठौ स्थानमा छ ।

यस्तै दोस्रो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लब र जावलाखेल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । खेल बेलुकी ४:४५ बजे शुरु हुनेछ । जारि लिगमा सोचेअनुरूप प्रदर्शन गर्न नसकेको विभागीय टोली आजको खेल जित्दै रेलिगेसन क्षेत्रबाट टाढा जान चाहन्छ । हाल एपीएफ ७ खेलबाट ६ अंकको साथ १० औं स्थानमा छ । यस्तै जावलाखेल समान खेलबाट ७ अंकको साथ नवौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *