एसियाड पारा खेलाडीलाई टिसर्ट प्रदान

 

काठमाडौँ । पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुने विभिन्न खेलका नेपाली खेलाडीलाई ह्वाइट याकले प्रोत्साहन स्वरुप टिसर्ट प्रदान गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रिय पारालिम्पिक कमिटीका कोषाध्यक्ष ओमनाथ सिवाकोटी र सदस्य सरोज श्रेष्ठ तथा पारा एथलेटिक्स सङ्घ नेपालका सचिव साङबु भोटेले खेलाडीलाई मंगलबार टिसर्ट हस्तान्तरण गरे।

जापानको आइची–नागोयामा अक्टोबर १८ देखि २४ तारिखसम्म हुने एसियाली पारा खेलकुदमा नेपालले विभिन्न आठ खेलमा सहभागिता जनाउने छ ।

नेपाल सन् २०१० मा चीनको ग्वाङझावमा भएको पारा एसियाली खेलकुदको पहिलो संस्करणदेखि निरन्तर सहभागी हुँदै आएको छ । चीनकै हाङझावमा भएको चौथो संस्करणमा नेपालले ऐतिहासिक पदक जितेको थियो । तेक्वान्दोकी पलेशा गोबर्धनले कांस्य पदक जितेकी थिइन् । यो पदक नै नेपालले पारा एसियाली खेलकुदमा जितेको एक मात्र पदक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *