काठमाडौँ । पूर्वराजदूत तथा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)का सदस्यसमेत रहेका निलाम्बर आचार्यले ईपीजी प्रतिवेदनबारे भारतीय विदेश सचिवले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
सामाजिक संजालमार्फत आचार्यले दुई पक्षको संयुक्त सहमतिमा तयार भएको विषय एकतर्फी रूपमा खारेज गर्न नमिल्ने टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुईतर्फी संयुक्त कुरा एकतर्फी खारेज हुँदैन। अर्को कुरा, खारेज गर्नलाई पनि पहिले त त्यो लिनुपर्छ।’ आचार्यले जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति असल सम्बन्धका लागि उपयुक्त नहुने भन्दै ईपीजी प्रतिवेदनप्रति भारतीय विदेश सचिवको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्।
