कारबाओ कप: टोटेन्हाममाथि चेल्सीको जित

एजेन्सी । कारबाओ कप अन्तर्गत भएको लण्डन डर्बीमा चेल्सीले जित हात पारेको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा टोटेन्हामलाई २-० गोलले पराजित गर्दै चेल्सीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभेर्ट्जले एक गोल गर्दा एक गोल उपाहार पाएको हो । दुवै गोल पहिलो हाफमा भएको हो । खेलको पाँचौ मिनेटमा मार्कोस एलेन्सोको पासमा हाभेर्ट्जले गोल गर्दै चेल्सीलाई खेलमा अगाडि बढाएका थिए । ३४ औं मिनेटमा बेन डेभिसले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि चेल्सीले खेलमा अग्रता दोब्बर बनाएको थियो ।

दोस्रो हाफमा दुवै टोली बाट थप गोल हुन नसक्दा चेल्सी २-० गोलले विजयी भयो । अब दोस्रो लेग १२ जनवरीमा टोटेन्हाम हट्सपर रंगशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *